• Tuesday 6th of October 2026

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेससहित अन्य पहाडी र हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। केही उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने बताइएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही जिल्लामा हावाहुरी, असिना र चट्याङको जोखिम रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका अधिकांश हिमाली र पहाडी भूभागमा बदली कायम रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖