• Wednesday 7th of October 2026

बालेनप्रति हर्क साम्पाङको कटाक्ष : तपाईंले जे भन्यो त्यही हुन्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उपस्थित नभएपछि विपक्षी दल विरोधमा उत्रिएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न लागेपछि सबै संसद्का सबै विपक्षी दलहरू उठेर विराध गरेका हुन् ।

प्रतिपक्षी सबै सांसदले प्रधानमन्त्रीको उपस्थितिबिना संसद् चल्न नदिने अडान राखेका छन् । यसमा सबैभन्दा कडा रूपमा प्रस्तुत भएका छन् । ‘प्रधानमन्त्री राजीनामा दे । तिमीहरूले जे मन लाग्यो त्यही हुन्छ ?’ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भनेका छन् ।

सभामुखले प्रतिनिधिसभा नियमावलीको धारा ३८ मा रहेको व्यवस्था सम्झाउन खोजे पनि विपक्षीले समय दिएका थिएनन् । अहिले प्रमुख प्रतिपक्षी दलको तर्फबाट सांसद अर्जुननरसिंह केसीले बोल्न थालेपछि भने विपक्षीहरू बसेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖