• Wednesday 7th of October 2026

प्रतिनिधिसभामा पेस भएका सबै संशोधन अस्वीकृत


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा पेस भएका सबै संशोधन प्रस्ताव अस्वीकृत भएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सबै संशोधन अस्वीकृत भएका हुन् ।

बैठकमा सभामुख डीपी अर्यालले संशोधनकर्ता विपक्षी दलका सांसदलाई आफ्नो प्रस्ताव फिर्ता लिन समय दिँदा पनि विपक्षी दलका सदस्यहरू विरोधमै रहेको अवस्थामा संशोधन प्रस्ताव फिर्ता नभएको जनाउँ दिँदै ती संशोधनहरू निर्णयार्थ प्रस्तुत गरेका थिए ।

सभामुख अर्यालले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तत गर्दा बहुमतले संशोधनहरू अस्वीकृत भएको घोषणा गरेका थिए । नीति तथा कार्यक्रममाथि ३५ विपक्षी सांसदले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖