• Wednesday 7th of October 2026

अमलेखगञ्ज सडकखण्डमा चल्यो डोजर


  • धनकुटा खबर
  • .

बारा । डिभिजन वन कार्यालय बाराले पूर्व–पश्चिम राजमार्गको अमलेखगञ्ज सडकखण्डमा डोजर चलाएको छ ।

अतिक्रमणमा परेको सडक, वन र निकुञ्जको जग्गा खाली गर्ने शुक्रबार बिहान ७ बजेदेखि नै राजमार्गको ३ नम्बर पुल क्षेत्रमा डोजर चलाइएको हो ।

उक्त क्षेत्रमा रहेका ३५ वटा घरधुरी र लामो समयदेखि बन्द रहेको सामुदायिक विद्यालयको संरचना भत्काइएको छ ।

डिभिजन वन कार्यालय बाराको नेतृत्वमा सुरु भएको सो क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन रक्षक तथा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरू परिचालन गरिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖