काठमाडौ । वर्षौँदेखि विस्थापनको त्रासमा रहेका ऐलानी जग्गाबासीका लागि सरकारले ऐतिहासिक राहतको घोषणा गरेको छ।
प्रधानमन्त्री कार्यालय सचिवालय र सम्बन्धित मन्त्रालयका श्रोतका अनुसार देशभरका ऐलानी जग्गामा बसोबास गर्ने नागरिकलाई आगामी एक वर्षभित्रै जग्गाको स्वामित्व (लालपुर्जा) वितरण गर्ने गरी तयारी थालिएको छ।
“सरकारले उठाउँछ कि” भन्ने डरमा रहेका नागरिकलाई अब नआत्तिन आग्रह गर्दै सरकारले उनीहरूलाई विस्थापित होइन, कानुनी रूपमै जग्गाधनी बनाउने स्पष्ट पारेको छ।
यो कदमसँगै अब देशभरका लाखौँ भूमिहीन र अव्यवस्थित बसोबासीहरूको वर्षौँदेखिको अन्योल अन्त्य भई आफ्नै थातथलोको मालिक बन्ने सपना साकार हुने भएको छ।
