काठमाडौं । जन्मकैदको सजाय भुक्तान गरिरहेकी एक महिला सुन्धारा कारागारबाट फरार भएकी छन् ।
फरार हुनेमा नुवाकोटको बिदुर नगरपालिका निवासी २५ वर्षीया सपना तामाङ रहेको कारागार प्रशासनले जनाएको छ ।
सुन्धारा कारागारका प्रमुख तथा कारागार प्रशासक कृष्ण चापागाईँका अनुसार उनी शुक्रबार राति करिब १ बजेतिर कारागारबाट भागेकी हुन् । प्रारम्भिक अनुसन्धान अनुसार उनले भुइँमा केही सामग्री ओछ्याएर पर्खाल नाघी फरार भएको देखिएको छ ।
सपना तामाङ चोरी तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेकी थिइन् । यसअघि जेनजी आन्दोलनका क्रममा पनि उनी कारागारबाट फरार भएकी थिइन् । त्यसबेला उनी दुई महिनापछि पक्राउ परेकी थिइन् ।
