• Tuesday 6th of October 2026

हस्पिटलमा मृतक महिलाको कानबाट सुन गायब भएपछि…..


  • धनकुटा खबर
  • .

विराटनगर — विराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटल मा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको कानबाट सुनको मुन्द्रा हराएको घटना सार्वजनिक भएको छ।

त्रियुगा नगरपालिका–७ निवासी ४० वर्षीया सबिना दनुवारलाई विष सेवनपछि गम्भीर अवस्थामा जेठ १ गते अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको परिवारले जनाएको छ।

आफन्तका अनुसार उपचारका बेला मृतकको दुवै कानमा सुनका मुन्द्रा रहेका थिए। तर मृत्यु भएपछि करिब एक तोला बराबरको सुनको मुन्द्रा गायब भएको भेटिएको हो। सुरुमा अस्पताल प्रशासनले सुन हराएको स्वीकार नगरेको आरोप परिवारको छ। तर उपचारकै क्रममा खिचिएको भिडियो आफन्तले देखाएपछि अस्पतालले घटना स्वीकार गरेको बताइएको छ।

प्रहरीका अनुसार घटनाबारे जानकारी पाएपछि अनुसन्धान सुरु गरिएको छ। प्रहरी पुगेपछि अस्पताल प्रशासनले हराएको सुनको क्षतिपूर्ति दिने सहमति जनाएको बताइएको छ। अस्पतालले आन्तरिक छानबिन गर्ने प्रतिबद्धता जनाउँदै मृतक परिवारलाई एक तोला सुन बराबरको चेक उपलब्ध गराएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖