काठमाडौं । सरकारले केही हप्ताभित्र सुकुम्बासीलाई लालपुर्जा वितरण प्रक्रिया सुरु गर्ने तयारी गरेको जनाएको छ। यसका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी तीव्र पार्न निर्देशन दिइएको छ।
सरकारका अनुसार सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलन, छानबिन र प्रमाणीकरणको काम अन्तिम चरणमा पुगेको छ। प्रक्रिया पूरा भएका क्षेत्रबाट चरणबद्ध रूपमा लालपुर्जा वितरण सुरु गरिने बताइएको छ।
भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राख्दै सरकारले स्थानीय तह र सम्बन्धित कार्यालयसँग समन्वय गरी काम अगाडि बढाइरहेको जनाएको छ। साथै, वास्तविक सुकुम्बासी पहिचान गरी पारदर्शी ढंगले जग्गाधनी प्रमाणपत्र वितरण गरिने सरकारको दाबी छ।
