• Wednesday 7th of October 2026

रास्वपा सांसद कार्कीको विवादित प्रकरण सदन प्रवेश, दोषी देखिए कारबाही गर्न माग


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीको विवादित प्रकरण सदन प्रवेश गरेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाकी सांसद पार्वती विकले सो विषय सदनमा उठाइन्।

सांसद कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको छ।

त्यसबारे उनले भनिन्, ‘एकजना सत्तापक्षका सांसदले एकजना विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा यत्रतत्र सर्वत्र छ। यो कुराले असाध्यै पीडादायी अवस्था सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूलाई बुझ्ने तरिका के हो? हाम्रो राष्ट्रियताको विषय? उनीहरूले हाम्रो देशलाई कसरी हेर्छन् र हामीलाई कुन ढङ्गले बुझ्छन्?’

उनले सो प्रकरणको यथार्थ के हो? सदनलाई जानकारी गराउन माग गरिन्। उनले घटना सत्य भए सांसद कार्कीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖