• Wednesday 7th of October 2026

सानिगाड हाइड्रोको आइपिओमा कसरी दिने आवेदन ?


  • धनकुटा खबर
  • .

काठमाडौं, ०६ जेठ । काठमाडौं । सानिगाड हाइड्रो लिमिटेड ले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणलाई ४६ लाख ७४ हजार कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो।

कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत बराबरको ८५ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ।

यससँगै कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको सेयर पनि वितरण भइसकेको छ। अब बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा बिक्री खुला गर्न लागिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि जेठ २० गतेसम्म कायम गरिएको छ भने मागअनुसार आवेदन नपरे बिक्री अवधि जेठ २८ गतेसम्म थप हुन सक्ने बताइएको छ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖