• Wednesday 7th of October 2026

ओली-गगनबीच सहमति : मधेसको मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने


  • धनकुटा खबर
  • .

काठमाडौं । मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गत शुक्रबार विश्वासको मत लिन तयारी गरेका थिए ।

जनता समाजवादी पार्टी नेपालका सांसदहरुले फ्लोर क्रस गर्ने आशंका सहित उनले अन्तिम समयमा विश्वासको मत लिने कार्यक्रमलाई स्थगित गरेका थिए ।

विश्वासको मतका लिन नयाँ मिति यही जेठ ८ गतेका लागि तय गरिएको छ । यसैबीच नेकपा एमालेले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएको छ ।

कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर सातै प्रदेशका सरकार बारे छलफल गरेपछि कांग्रेसलाई समर्थन गर्न एमले तयार भएको एक नेताले बताए । । कांग्रेस र एमाले वीचमा सातै प्रदेशमा सरकार गठन गर्न ओली र कांग्रेसका सभापति थापाबीच सहमति भइसकेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖