काठमाडौं, ११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्त्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जनाए ।
‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन तयार भए पनि हालसम्म सार्वजनिक गरिएको थिएन ।
