डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका–१ खतेडास्थित घनघस्या माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका लक्ष्मी भण्डारीको मृत्यु भएको छ। ३७ वर्षीया शिक्षिका भण्डारीको आइतबार डालेघाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो।