• Wednesday 7th of October 2026

जगदीश खरेलको उत्तेजक अभिव्यक्तिले विपक्षी आक्रोशित


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल ले प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिपछि विपक्षी दलका सांसदहरू थप आक्रोशित भएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोधका बीच पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो । सो क्रममा सांसद खरेलले विपक्षी सांसदहरूले सदनमा “तमाशा” देखाएको टिप्पणी गरेका थिए ।

उनले सरकारले अध्यादेश ल्याउनुको कारण अहिले सदनमा देखिएको घटनाक्रमले पुष्टि गरेको दाबी गर्दै संविधान जारी भएपछि बन्नुपर्ने ऐन तथा कानुनहरू संसदमा हुने अवरोध र विवादकै कारण बन्न नसकेको बताएका थिए । साथै, सदनबाट कानून निर्माण गर्ने प्रक्रियालाई कसैले रोक्न नसक्ने धारणा पनि उनले राखेका थिए ।

सांसद खरेलको अभिव्यक्तिपछि विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै बैठकमा नाराबाजी गरेका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्याल ले छलफल बीचमै रोक्दै बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖