• Tuesday 24th of November 2026

तीन जना मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।

सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका-६ मोहनपुरस्थित कुलोमा सोही गाउँपालिका-५ भिमार बस्ने २६ वर्षीय सनिचर सदा मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ सिमलटार बस्ने ६९ वर्षीय भक्त बहादुर कार्की आफ्नै घर नजिक रहेको खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

मोरङको उर्लाबारी नगरपालिका-१ लण्डन ब्रिजको छेउमा सोही नगरपालिका-१ बस्ने ४३ वर्षीया सविता कङ्दम्बा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖