काठमाडौ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
आज सुन तोलामा पाँच हजार पाँच सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २१५ रुपैयाँले घटेर प्रतितोला चार हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।
