• Tuesday 6th of October 2026

मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । मठ–मन्दिरमा आगजनी गर्ने अभिव्यक्ति दिएका जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका २७ वर्षीय परियारलाई काठमाडौँको टोखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । उनका अनुसार परियारलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

परियारले अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै ‘मठ–मन्दिरमा आगो लगाइदिन्छौँ’ भन्ने अभिव्यक्ति दिएका थिए । साथै उनले समान अधिकार सुनिश्चित नभए देशव्यापी विद्रोह गर्ने चेतावनीसमेत दिएका थिए ।

दलित समुदायमाथि लामो समयदेखि विभेद हुँदै आएको र गाउँमा उनीहरूको अवस्था दयनीय रहेको भन्दै उनले दिएको अभिव्यक्ति विभिन्न युट्युब च्यानलमार्फत प्रसारित भएको थियो ।

हाल परियार टोखा नगरपालिका–८ बानियाँटारमा बस्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖