• Tuesday 6th of October 2026

महिलामाथि हातपात गरेको अभियोगमा रास्वपाका नेता पक्राउ


  • धनकुटा खबर
  • .

जाजरकोट । महिलामाथि कुटपिट र दुर्व्यवहारको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोहन विक्रम शाही रहेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत कुशे गाउँपालिका सभापति भएको जनाइएको छ ।

घटना गत जेठ १६ गते बिहान करिब ८ बजे कुशे गाउँपालिका–६, घरङ्गा स्थित स्वास्थ्य चौकी भवनभित्र भएको बताइएको छ ।

प्रहरीका अनुसार शाहीले एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात तथा कुटपिट गरेको आरोप छ । घटनाबारे उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनलाई अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सात दिनको म्याद थप गरी उनीलाई हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖