• Wednesday 7th of October 2026

डलर सहित प्रमुख विदेशी मुद्राको भाउ बढ्यो, राष्ट्र बैंकले सार्वजनिक ग¥यो नयाँ विनिमयदर


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ जेठ । नेपाली बजारमा बिहीबार अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्राको विनिमयदर उकालो लागेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदर अनुसार डलर, युरो, पाउण्ड स्टर्लिङलगायत मुद्राको मूल्यमा वृद्धि देखिएको हो।

राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ। त्यस्तै, एक युरोपियन युरोको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा तोकिएको छ।

युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ १ पैसा कायम भएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने केन्द्रीय बैंकले तोकेको दरभन्दा केही फरक हुन सक्ने उल्लेख गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖