• Tuesday 6th of October 2026

रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो


  • धनकुटा खबर
  • .

बुटवल । रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गको कालापहर क्षेत्रमा बिहीबार बिहान भएको बोलेरो जिप दुर्घटनामा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार अस्थायी नम्बर प्लेट भएको बोलेरो जिप सडकबाट करिब ६०० मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–७ देसाही निवासी २५ वर्षीय चालक वीरबहादुर चौधरी रहेका छन्। त्यस्तै दाङको दंगीशरण गाउँपालिका–७ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका–१४ बस्दै आएका ४० वर्षीय जिउधन चौधरी र उनकी श्रीमती ३८ वर्षीया कमला चौधरीको पनि ज्यान गएको छ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त डबल क्याब जिपमा जस्तापाता र प्लास्टिकका पाइप लोड गरिएको थियो।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖