• Tuesday 6th of October 2026

यी भूभागमा पर्दैछ पानी


  • धनकुटा खबर
  • .

काठमाडौं । देशका केही स्थानमाा यति बेला (शनिबार अपराह्न ४:१० बजे) पानी परिरहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही ठाउँमा वर्षा भइरहेको छ । वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि मेघगर्जनसहित ‘हल्का’देखि ‘मध्यम’ पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा थप वर्षाको सम्भावना छ । “साथै, सुदूरपश्चिम प्रदेशमा समेत थप पानी पर्न सक्ने देखिएकोले ख्याल गर्नुहोला,” महाशाखाले भनेको छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖