विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम जिल्ला अधिवेशनका क्रममा केहीबेर तनाव उत्पन्न भएको छ।
असन्तुष्ट पक्षका अनुसार मतदान गर्ने अधिकारबाट आफ्नो नाम हटाइएको भन्दै केही युवा तथा कार्यकर्ताले बन्दसत्र हलको मूल प्रवेशद्वारमा धर्ना दिएका थिए। उनीहरूलाई हटाएर निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजिएपछि धकेलाधकेल र विवाद भएको दाबी गरिएको छ।
यद्यपि, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्का ले हातहालाहाल भएको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार केहीबेर होहल्ला भए पनि अवस्था अहिले सामान्य भइसकेको छ।
प्रहरीका अनुसार हाल अधिवेशनस्थलको सुरक्षा अवस्था सामान्य रहेको छ भने मतदान प्रक्रिया जारी छ।
