नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ खम्बा क्याम्पमा रहेको फेमिली लज एण्ड होटलमा एक युवती झुन्डिएको अवस्थामा फेला परेकी छिन् ।
मंगलवार झन्डिएको अवस्थामा भेटिएकी उनको उपचारको लागि स्वास्थ्य संस्थामा लगिए पनि डाक्टरले उनलाई मृत घोषित गरेका थिए । रुकुम पश्चिम घर भएकी उनी सशस्त्र प्रहरीमा कार्यरत रहेकी थिइन् ।
साथी (वासुदेव थापामगर) लाई भेट्न नुवाकोट आएकी उनको शव पोष्टमार्टमको लागि त्रिशुली अस्पताल नुवाकोट लगिएको छ । उनका साथी भनिएका वासुदेव थापामगर केन्द्रिय कारागार खम्बा क्याम्पमा नेपाल प्रहरीमा कार्यरत रहेका थिए ।
उनीहरु प्रेम सम्बन्धमा रहेको बताइएको छ ।
