• Tuesday 6th of October 2026

काभ्रे बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रातोपाटीलाई जानकारी दिए । दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको उनले बताए ।

नमोबुद्ध नगरपालिका–२ मा दुर्घटनामा परेको उक्त बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ। अरनिको यातायातको उक्त बसमा २५र३० जना सवार रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖