• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

विश्वभर डाउन भयो फेसबुक, नेपालका प्रयोगकर्तासमेत प्रभावित


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल मेटाअन्तर्गतको फेसबुकमा शुक्रबार साँझदेखि प्राविधिक समस्या देखिएको छ ।

नेपालसहित विश्वका विभिन्न देशका लाखौं प्रयोगकर्ताले फेसबुक र मेसेन्जर प्रयोग गर्न कठिनाइ भइरहेको बताएका छन् ।

प्रयोगकर्ताले फेसबुक लगइन नहुने, तस्बिर तथा भिडियो लोड नहुने र म्यासेज पठाउन नसकिएको गुनासो सामाजिक सञ्जालका अन्य प्लेटफर्ममार्फत व्यक्त गरिरहेका छन् ।

प्रारम्भिक रूपमा देखिएका समस्यामध्ये धेरै प्रयोगकर्ताले अकाउन्ट खोल्ने प्रयास गर्दा “ब्अअयगलत त्झउयचबचष्थि ग्लबखबष्बिदभि” भन्ने सन्देश देखिएको बताएका छन्। यसका कारण फेसबुकमा पहुँच नै नपाउने अवस्था सिर्जना भएको छ।

त्यस्तै मोबाइल एप र डेस्कटप दुवै संस्करणमा न्युज फिड लोड नहुने, नयाँ पोस्ट नदेखिने तथा कतिपय प्रयोगकर्ताको स्क्रिनमा कालो पृष्ठ (ब्ल्याक स्क्रिन) मात्र देखिने समस्या देखिएको छ।

फेसबुकसँगै मेसेन्जर पनि प्रभावित भएको छ। प्रयोगकर्ताहरूले म्यासेज पठाउन र प्राप्त गर्न नसकेको, च्याट अपडेट नहुने तथा कल सेवामा समेत अवरोध आएको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖