• Tuesday 6th of October 2026

काभ्रे बस दुर्घटना : मृतक सहित घाइतेहरूकाे पहिचान खुल्याे


  • धनकुटा खबर
  • .

काठमाडाैँ । शुक्रबार काभ्रेको बुचाकोटमा भएकाे बस दुर्घटनामा मृतक ८ जनामध्ये ४ जनाकाे पहिचान खुलेकाे छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको थियाे ।

काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ७ बस्ने ३४ वर्षिया फुलमाया तामाङ,साेही पालिकाकाे वडा नम्बर ८ बस्ने ६० वर्षिया प्यारीमाया तामाङ, साेही पालिकाकाे वडा नम्बर ६ बस्ने ७५ वर्षिय ईन्द्र बहादुर लोप्चनकाे दुर्घटनामा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएकाे छ। उनीहरू एकै पालिकाका हुन् ।

त्यसैगरी दैलेख घर भएका ३० वर्षिय बम बहादुर भण्डारीकाे पनि दुर्घटनामा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । उनी नेपाली सेनाका अमल्दार थिए । अन्य ४ जना मृतककाे भने पहिचान खुल्न बाँकी छ ।

त्यस्तै घाइते १६ जनाकाे समेत पहिचान खुलेकाे छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖