काठमाडौ । काठमाडौंको पशुपति क्षेत्रमा एक जोगीको हत्या गरेको आरोपमा अर्का जोगी पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दर्बेनाथ भनिने सुविन रानामगरलाई पक्राउ गरेको जनाएको छ।
कार्यालय प्रमुख एसएसपी सन्तोष खड्का का अनुसार फागुन ६ गते काठमाडौँ महानगरपालिका–८ स्थित पशुपति क्षेत्रको १५ नम्बर शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परियार मृत अवस्थामा फेला परेका थिए।
घटनाको अनुसन्धानका क्रममा हत्यामा संलग्न रहेको आशंकामा सुविन रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
