• Tuesday 6th of October 2026

पूर्वगृहमन्त्री थापाको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ।

उनको शुक्रबार ललितपुरमा निधन भएको दिवङ्गत थापाको पारिवारिक स्रोतले जनाएको छ । उहाँको अन्त्येष्टि आइतबार पशुपति आर्यघाटमा गरिएको जनाइएको छ।

उनले लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिपरिषद्मा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। प्रशासनिक सेवामा रहँदा उनले विभिन्न अञ्चलमा अञ्चलाधीशका रूपमा सेवा गर्नुभएको थियो ।

त्यसपछि उनी गृहसचिव पनि भएका थिए। दिवङ्गत थापाका दुई छोरा छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖