• Tuesday 6th of October 2026

यात्रुवाहक बस दुर्घटना, उद्धार कार्य जारी


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुप प्र ०१–००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ जिल्लाको दशरथचन्द नगरपालिका–४ शाहिलेक नजिक दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बस साँझ करिब ५ः४५ बजे सडकबाट झण्डै २५ मिटर तल खसेको छ।

दुर्घटनापछि घटनास्थलमा नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा अन्य सरोकारवालाहरूको सहयोगमा उद्धार कार्य जारी रहेको छ। दुर्घटनामा परेका यात्रुको संख्या तथा सम्भावित मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖