अस्ट्रेलियाको मेलर्बनमा गत बुधबार ज्यान गुमाएका एक नेपाली विद्यार्थीको पार्थिब शरिरको नेपाल फिर्तीका लागि आर्थिक अभियान सञ्चालन गरिएको छ।
तीन बर्षअघि विद्यार्थी भिसामा अस्ट्रेलिया आएका बुटवलका विमल अधिकारीको गत बुधबार ज्यान गएको थियो ।
उनको परिवारजनको चाहनामा उनको पार्थिक शरिरको नेपाल फिर्ताका लागि गोफण्डमी डटकम मार्फत आर्थिक संकलन अभियान सुरु गरिएको छ ।
