• Tuesday 6th of October 2026

बालकुमारीमा चल्यो गोली


  • धनकुटा खबर
  • .

ललितपुर। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।

शंखमूल-बालकुमारी सडक खण्डमा विशेष सूचनाका आधारमा पुगेको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट केही परिमाणमा लागूऔषध बरामद भएको ब्यूरोका प्रमुख एसएसपी सुवासचन्द्र बोहराले जानकारी दिए।

प्रहरीका अनुसार, सो स्थानमा लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि ब्यूरोको टोली परिचालन गरिएको थियो। पक्राउ पर्ने क्रममा आरोपितहरूले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउनु परेको थियो।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖