• Sunday 4th of October 2026

हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन


  • धनकुटा खबर
  • .

काठमाडौं, असार ७ — नेपाली हास्य क्षेत्रका चर्चित कलाकार खेम शर्मा को निधन भएको छ।

हास्य कलाकार शिवहरि पौडेल का अनुसार अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आइतबार बिहान शर्मााको निधन भएको हो।

पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका शर्मा विगत सात वर्षदेखि क्यान्सरसँग संघर्षरत थिए। लामो समयदेखि उपचाररत रहेका उनको उपचारकै क्रममा निधन भएको जनाइएको छ।

चतुरेको दाउपेच टेलिफिल्ममार्फत लोकप्रियता हासिल गरेका शर्मा नेपाली हास्य क्षेत्रका परिचित कलाकार थिए। उक्त टेलिफिल्ममा ‘चतुरे’ पात्रको भूमिकाबाट उनी घरघरमा चिनिएका थिए।

शर्माले विभिन्न टेलिफिल्म तथा चलचित्रहरूमा अभिनय गरेका थिए। उनले चतुरेको दाउपेच नामक चलचित्रसमेत निर्माण गरेका थिए।

उनको निधनप्रति कलाकार तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖