• Tuesday 6th of October 2026

आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ


  • धनकुटा खबर
  • .

सुर्खेत । आफूलाई ‘जेनजी अभियन्ता’ बताउँदै आएका सल्यानका युवराज खड्का साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानले सोमबार कुमाख गाउँपालिका–६ आनन्दपुर निवासी २९ वर्षीय खड्कालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार खड्कालाई शारदा नगरपालिका–४ साइलाकम्दा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार खड्का साइबर अपराध सम्बन्धी चालु मुद्दामा फरार रहेका थिए। गत भदौमा भएको जेनजी आन्दोलनपछि उनी सामाजिक सञ्जालमार्फत आफूलाई समाजसेवीका रूपमा प्रस्तुत गर्दै विभिन्न बेथितिविरुद्ध आवाज उठाइरहेका थिए।

पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖