कैलाली, असार ९ गते । कैलालीको गोदावरी नगरपालिका–२ मोतिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुलका विद्यार्थी बोकेको अटो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
असार ९ गते बिहान करिब १०:१५ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालिका मन्टेश्वरी बोर्डिङ स्कुलको अटो अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा अटो चालक लम्कीचुहा नगरपालिका–१ का ५९ वर्षीय जगत बिष्ट, शिक्षिका ३० वर्षीया तुला घर्ती तथा स्कुलका विद्यार्थीहरू गरी जम्मा १४ जना घाइते भएका छन् ।
घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
