काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया जारी छ । केन्द्रीय सदस्यहरूको मनोनयन सम्पन्न भइसकेको छ भने विभिन्न पदका लागि आकांक्षीहरूको संख्या बढ्दो छ ।
पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । उनको औपचारिक घोषणा मात्र बाँकी रहेको बताइएको छ । त्यस्तै, पार्टीको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाहलाई मनोनित गरिने निश्चितजस्तै भएको छ ।
यसैबीच अन्य पदहरूमा भने प्रतिस्पर्धा हुने भएको छ । उपसभापति पदका लागि हालका उपसभापति डा. स्वर्णिम वाग्लेसहित ६ जनाले आकांक्षा देखाएका छन् । उपसभापति पदका अन्य आकांक्षीमा लीमा अधिकारी, सोविता गौतम, सुनिल लम्साल, प्रतिभा रावल र समीक्षा बाँस्कोटा रहेका छन् ।
महाधिवेशनका बाँकी पदहरूको निर्वाचन प्रक्रिया जारी रहेको छ ।
