• Tuesday 6th of October 2026

काठमाडौंको एक गेस्ट हाउसमा पुरुष मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित एक गेष्ट हाउसमा पुरुष मृत भेटिएका छन् ।

मित्रनगरस्थित गल्फ ओयसियस गेष्ट हाउसको कोठा नम्बर ४०१ मा ती पुरुष मृत भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो ।

प्रहरीका अनुसार, दाङ बबई गाउँपालिका–६ घर भएका ४६ वर्षीय ओम प्रकाश बोहरा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖