• Tuesday 6th of October 2026

सिडियोको खानामा शंखे किरा, ठाउँको ठाउँ ५० हजार जरिवाना


  • धनकुटा खबर
  • .

काठमाडौँ, असार १२ । पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पोषणराज भण्डारीको खानामा किरा भेटिएपछि बर्दघाटस्थित एक होटललाई रु ५० हजार जरिवाना गरिएको छ।

बर्दघाट नगरपालिका–स्थित रोयल कटेज रेस्टुरेन्टमा खाना खाने क्रममा भण्डारीको खानामा परोसेको सागमा शंखे किरा भेटिएको हो। उक्त घटना अनुगमन टोलीकै खानाको क्रममा भएको बताइएको छ।

बालमैत्री घोषणासम्बन्धी कार्यक्रमका लागि बर्दघाट नगरपालिकाका विभिन्न वडामा भइरहेको अनुगमनका क्रममा पुगेको टोलीले सोही होटलमा खाना खाएको थियो। अनुगमनकै क्रममा खानामा किरा भेटिएपछि तत्कालै कारबाही गरिएको हो।

अनुगमन टोलीले होटलमा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना नभएको र प्रयोग भएका सामग्रीसमेत अस्वस्थकर अवस्थामा रहेको पाइएको जनाएको छ। सोही आधारमा होटललाई रु ५० हजार जरिवाना गरिएको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖