• Tuesday 6th of October 2026

बढ्यो सुनको मूल्य,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौ । स्थानीय बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिन छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको सुनको मूल्य आज बढेर २ लाख ७९ हजार १ सय रुपैयाँ पुगेको छ। यता चाँदीको मूल्यमा भने आज मन्दी आएको छ।

बिहीबार प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५५ रुपैयाँले ओरालो लाग्दै ४ हजार १८० रुपैयाँमा सीमित भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖