• Monday 5th of October 2026

धनगढीमा १० वर्षीय बालक मृत फेला, हत्या आशंकामा अनुसन्धान जारी


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको धनगढीमा १० वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्। घटनालाई लिएर हत्या भएको आशंका गरिएको छ भने प्रहरीले अनुसन्धान अघि बढाएको छ।

स्थानीयका अनुसार गौरीगंगा–६ मोयाबाट नजिकै रहेको धनगढी–१७ उत्तरखैरेनी शिविरतर्फ फर्किने क्रममा बालक घर नपुगेपछि परिवारले खोजी सुरु गरेको थियो। बालक बेपत्ता भएपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरी र स्थानीयको संयुक्त खोजी क्रममा शुक्रबार धनगढी र गौरीगंगा सीमा क्षेत्रस्थित कालिका सामुदायिक वनभित्र बालकको शव फेला परेको हो। कच्ची सडकबाट करिब ४० मिटर भित्र जंगलमा शव भेटिएको प्रहरीले जनाएको छ।

घटनास्थल नजिकै बालकले प्रयोग गरेको साइकल, कालो प्लास्टिकको झिल्ली र अन्य सामग्री फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाउँदै केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

प्रहरीका अनुसार घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान जारी छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖