• Monday 5th of October 2026

आज राति पूर्व र मध्यनेपालमा ठुलो पानी पर्ने सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौ । न्यूनचापीय प्रणाली (हावाको चाप कम भएको क्षेत्र) बनेर उत्तरपश्चिम सरिरहेको छ । यो प्रणाली नेपालको तराईनजिक हुने र देशभर वर्षा गराउने आकलन छ ।

आइतबारदेखि वर्षाका गतिविधि बढेका छन् । अब देशभर मनसुन विस्तार हुने तथा मंगलबार र बुधबार सबैतिर पानी पर्ने देखिन्छ । यसमा पनि बिहान र राति बढी पानी पर्नेछ ।

आज (सोमबार) देशभर बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा हुनेछ । तराई भूभागका केही स्थानमा मात्र वर्षा हुने देखिन्छ । कोशीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

सोमबार राति भने कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा पनि पानी पर्ने देखिन्छ । राति मधेश तथा कोशी, बागमती, गण्डकीका तराईका धेरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा वर्षाको सम्भावना छ ।

कोशीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेश, बागमती, गण्डकी प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖