• Monday 5th of October 2026

काठमाडौ जांदै गरेको ईभी दुर्घटना


  • धनकुटा खबर
  • .

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक महेन्द्र राजमार्गमा जंगली जनावरले बाटो काटेपछि नियन्त्रण गुमाएर ईभी पल्टिँदा ६ जना घाइते भएका छन्।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ०४६९ नम्बरको ईभी सोमबार दिउँसो करिब १२ः५० बजे दुर्घटनामा परेको हो।

घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सवारी साधनमा क्षति पुगे पनि राजमार्गको आवागमन भने अवरुद्ध भएको छैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖