• Monday 5th of October 2026

एक्कासि ढलेर बिरामी परेका पूर्वडीआईजी अर्जुन चन्दको निधन


  • धनकुटा खबर
  • .

काठमाडौ । नख्खु सिर्जनामार्ग निवासी नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको निधन भएको छ।

ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले दिएको जानकारीअनुसार मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान पूर्वडीआईजी चन्दको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनी यही असार ५ गते एक्कासि भुइँमा पछारिँदा घाइते भएका थिए। त्यसपछि तत्काल मेडिसिटी अस्पताल लगिएका उनलाई त्यही दिन डिस्चार्ज गरिएको थियो।

तर फेरि असार १० गते बिरामी परेपछि उनलाई मेडिसिटी अस्पतालकै आईसीयूमा भर्ना गरिएको थियो। तर उपचारका क्रममा आज बिहान ६.५५ बजे उनको निधन भएको एसएसपी कार्कीले जानकारी दिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖