काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटनामा परेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुपप्र ०१–००१ ख ३९६३ नम्बरको बस पाटन नगरपालिका–८ स्थित गैराखान क्षेत्रमा सडकबाट करिब २०० मिटर तल खसेको हो।
दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी तथा उद्धार टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। दुर्घटनामा भएको मानवीय क्षति र घाइतेको विवरण भने तत्काल खुल्न सकेको छैन।
प्रहरीले उद्धार तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।
