• Monday 5th of October 2026

सप्तरी कारागारमा गोली चल्दा प्रहरी जवान घाइते, सहकर्मी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

सप्तरी । सप्तरी कारागारको सुरक्षामा खटिएका एक प्रहरी जवान गोली लागेर घाइते भएका छन्। सहकर्मीले बोकेको बन्दुक अचानक पड्किँदा प्रहरी जवान बिसोजित राय यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार प्रहरी जवान अजयकुमार मेहताले बोकेको बन्दुक अचानक पड्किएको थियो। घटनापछि मेहतालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेका अनुसार घटना बुधबार राति करिब ११:३० बजे भएको हो।

गोली लागेर घाइते भएका यादवको ढाडमा चोट लागेको छ। उनलाई प्रारम्भिक उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएको थियो। थप उपचारका लागि पछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) रेफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖