• Monday 5th of October 2026

इमाडोलमा युवतीलाई अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार पक्राउ पर्नेमा बैतडी घर भएका सुरेन्द्र भट्ट रहेका छन्। उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत सरकारी कर्मचारी भएको खुलेको छ।

घटना आइतबार साँझ करिब ६:३० बजे भएको थियो। पीडित युवतीले आरोपितको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना बाहिर आएको थियो।

पीडितका अनुसार गल्लीमा एक्लै हिँडिरहेका बेला भट्टले कपडा खोलेर अश्लील हर्कत गरेका थिए। त्यसपछि युवतीले साहसपूर्वक मोबाइलबाट भिडियो खिच्दै उनलाई पछ्याएकी थिइन् र आसपासका मानिससँग पक्राउ गरिदिन आग्रह गरेकी थिइन्। एक यात्रुले आरोपितलाई नियन्त्रणमा लिएपछि उनले माफी मागेको भिडियोमा देखिन्छ।

पीडितको निवेदनका आधारमा प्रहरी प्रभाग इमाडोलले अनुसन्धान अघि बढाएको थियो। प्रहरीले सिसिटिभी फुटेजसमेत सङ्कलन गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖