तनहुं । तनहुँको भिमादस्थित पल्लाबारीमा सोमबार निजी कार दुर्घटनामा परेको छ।
डुम्रीबेसीबाट बोमातर्फ जाँदै गरेको ग २ च ८३९४ नम्बरको निजी कार सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनाको कारण, चालक तथा यात्रुको अवस्था र क्षतिको विस्तृत विवरण भने तत्काल प्राप्त भएको छैन।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
