काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटअगाडि एक व्यक्तिले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
घटनालगत्तै खटिएको प्रहरीले ती व्यक्तिलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।
आत्मदाह प्रयास गर्ने व्यक्तिको परिचय र घटनाको कारण हालसम्म खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
