• Monday 5th of October 2026

राहदानी विभाग अगाडि आत्मदाह प्रयास: विभागले भन्यो– सेवा लिन आएका व्यक्ति होइनन्


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन आएको नभएको राहदानी विभागले स्पष्ट पारेको छ।

विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सीसीटीभी फुटेज, प्रत्यक्षदर्शी र सम्बन्धित निकायबाट प्राप्त जानकारीका आधारमा घाइते व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन विभागमा आएको नदेखिएको जनाएको छ।

प्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले राहदानी विभागको प्रवेशद्वार बाहिर आफ्नै शरीरमा आगो लगाएका थिए। उनी पठाओ चालक रहेको खुलेको छ।

घटनालगत्तै प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको छ। उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

राहदानी विभागले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖