• Tuesday 6th of October 2026

राहदानी विभाग अगाडि जलन भएका राइडर गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलन भएका राइडर गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।

हाल वीर अस्पतालमा उपचाररत नेपालीलाई थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) लैजाने तयारी गरिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिरामीको स्वास्थ्य अवस्था बुझ्न तथा उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू वीर अस्पताल पुगेका थिए।

चिकित्सकसँगको परामर्श र स्वास्थ्य अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै गृहमन्त्री गुरुङले गणेश नेपालीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको पहलमा गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने सम्पूर्ण प्रक्रिया अघि बढाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖