• Monday 5th of October 2026

अर्का युवकले पनि गरे आत्मदाहको प्रयास


  • धनकुटा खबर
  • .

सर्लाही । मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणले काठमाडौंमा आन्दोलन चर्किरहँदा सर्लाहीमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका छन् । गोडैता नगरपालिका–१०,सिसौटीया बस्ने ३५ वर्षीय विवेक मण्डलले यस्तो प्रयास गरेका हुन् ।

आज दिउँसो पौने ४ बजे गोडैता बजारमा उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । तुरुन्तै उद्धार गरेर मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याइएकोमा मण्डललाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ ।

अस्पतालमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) एकराज बुर्लाकोटीको कमाण्डमा ११ जनाको टोली खटिएको छ । पछिल्लो समय उनी घरायसी र मानसिक समस्याबाट गुज्रिरहेको बुझिएको छ ।

एमएससी सकेका उनले कलेज पढाउने गरेकोमा एक वर्षयता अध्यापन कार्यसमेत छोडेको बताइन्छ ।-स्रोत:धनगढी खबर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖